`

सूचना

पर्यटक भिसाका लागि आवश्यक कागजातहरू (C-3-9 / ९० दिनसम्म)

  • र्ता मिति
    2026.02.05

योग्य आवेदक: यात्राको एकमात्र उद्देश्यले भ्रमण गर्ने व्यक्ति


आवेदकले पेश गर्नुपर्ने कागजातहरू:


  • भिसा आवेदन फारम
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ((3.5x4.5cm, पछिल्लो ६ महिनाभित्रको)
  • पासपोर्ट (सक्कल र प्रतिलिपि)
  • भिसा कभर लेटर: (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
  • दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ (प्रस्थान मिति आवेदन दिएको मितिभन्दा कम्तीमा २१ दिन वा सोभन्दा बढीको हुनुपर्छ)।
  • होटल बुकिङको भौचर
  • यात्रा तालिकाको विस्तृत विवरण
  • नेपाली व्यापारिक संस्थाबाट जारी गरिएको जागिरको प्रमाणपत्र, जसमा कम्पनीमा आवेदकको पद उल्लेख गरिएको होस् (सक्कल र प्रतिलिपि)
  • व्यापार दर्ता (प्रतिलिपि) र त्येसको  सक्कली नोटरीकृत अनुवाद
  • स्थायी लेखा नम्बर (PAN) दर्ता (प्रतिलिपि) र त्येसको  सक्कली नोटरीकृत अनुवाद
  • बैंक ब्यालेन्स सर्टिफिकेट 
  • पछिल्लो छ महिनाको व्यक्तिगत बैंक स्टेटमेन्ट (सक्कली)


(महत्वपूर्ण)
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
कागजातहरू जारी भएको मितिबाट तीन महिनाको लागि मात्र मान्य हुन्छन्।