योग्य आवेदक: E-7 भिसा धारकले आमन्त्रित गरेको र आश्रित भिसाका लागि आवेदन दिने व्यक्ति
- भिसा आवेदन फारम
- आवेदकको हालैको राहदानी-आकारको फोटो (३५ x ४५ मिलिमिटर)
- विदेशी बासिन्दा दर्ता प्रमाणपत्र
- परदेशी दर्ता कार्डको फोटोकपी (ARC) (अगाडि र पछाडिको भाग) (आवेदनको मितिबाट कम्तीमा ६ महिनाको लागि वैध हुनुपर्नेछ)
- छाप/हस्ताक्षर प्रमाणपत्र
- पारिवारिक सम्बन्ध प्रमाणपत्र/ नाता प्रमाणित (सक्कल र प्रतिलिपि)
- विवाह दर्ता प्रमाणपत्र (सक्कल र प्रतिलिपि)
- क्षयरोग (Tuberculosis) को स्वास्थ्य परीक्षण रिपोर्ट (दूतावासले तोकेका चार अस्पतालहरू मध्ये एकबाट प्राप्त गरेको) (६ वर्ष र माथिका लागि आवश्यक)
- रोजगार प्रमाणपत्र / रोजगार सम्झौता पत्र
- व्यवसाय दर्ता प्रमाणपत्र
- सस्थानको पुष्ट्याइँ/प्रमाण वा भाडा सम्झौता
- आम्दानीको प्रमाणपत्र (पछिल्ला २ वर्ष)
- भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
- निमन्त्रणा पत्र
- ग्यारेन्टी पत्र फारम डाउनलोड गर्नुहोस्
- आमन्त्रणकर्ताको राहदानीको फोटोकपी
- आवेदकको राहदानी (सक्कल र प्रतिलिपि)
- कोरियाको बैंक ब्यालेन्स सर्टिफिकेट
- कोरियाको पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट (जम्मा भएको विवरण मात्र देखिने गरी कागजात जारी गरी पेस गर्नुहोस्)
कोरियाबाट जारी गरिएका सबै कागजातहरू सक्कल प्रति (ORIGINAL) नै पेश गर्नुपर्नेछ। स्क्यान गरिएका वा फोटोकपी गरिएका कागजातहरू स्वीकार गरिने छैन।
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
जारी भएको मितिदेखि कागजातहरूको वैधता अवधि: सामान्य कागजातहरू (३ महिना) र बैंक विवरणहरू (१ महिना)।
आवेदकले भिसा आवेदन फारमको पृष्ठ ५ मा राहदानी (पासपोर्ट) मा रहेको हस्ताक्षरअनुसार आफ्नो मौलिक (Original) हस्ताक्षर गर्नुपर्छ।
द्रष्टव्य (Note):