`

सूचना

E-7-4R / F-2-R भिसा धारकको आश्रित भिसाका लागि आवश्यक कागजातहरू (C-3-1 / ९० दिनसम्म)

  • र्ता मिति
    2026.09.14

योग्य आवेदक: E-7-4R / F-2-R भिसा धारकले आमन्त्रित गरेको र आश्रित भिसाका लागि आवेदन दिने व्यक्ति।


  • भिसा आवेदन फारम
  • आवेदकको हालैको राहदानी-आकारको फोटो (३५ x ४५ मिलिमिटर)
  • विदेशी बासिन्दा दर्ता प्रमाणपत्र
  • परदेशी दर्ता कार्डको फोटोकपी (ARC) (अगाडि र पछाडिको भाग, आवेदनको मितिबाट कम्तीमा ६ महिनाको लागि वैध हुनुपर्नेछ)
  • छाप/हस्ताक्षर प्रमाणपत्र 
  • पारिवारिक सम्बन्ध प्रमाणपत्र/ नाता प्रमाणित (सक्कल र प्रतिलिपि)
  • विवाह दर्ता प्रमाणपत्र (सक्कल र प्रतिलिपि)
  • जन्मदर्ता प्रमाणपत्र (सक्कल र प्रतिलिपि) (नाबालगको हकमा)
  • रोजगार प्रमाणपत्र / रोजगार सम्झौता पत्र
  • व्यवसाय दर्ता प्रमाणपत्र
  • सस्थानको पुष्ट्याइँ/प्रमाण वा भाडा सम्झौता
  • आम्दानीको प्रमाणपत्र (पछिल्ला २ वर्ष)
  • भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
  • दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ (प्रस्थान मिति आवेदन दिएको मितिभन्दा पछि कम्तिमा १५ व्यावसायिक दिन हुनुपर्छ)
  • निमन्त्रणा पत्र 
  • ग्यारेन्टी पत्र फारम डाउनलोड गर्नुहोस्
  • आमन्त्रणकर्ताको राहदानीको प्रतिलिपि 
  • आवेदकको राहदानी (सक्कल र प्रतिलिपि)
  • कोरियाको बैंक ब्यालेन्स सर्टिफिकेट 
  • कोरियाको पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट (जम्मा भएको विवरण मात्र देखिने गरी कागजात जारी गरी पेस गर्नुहोस्)


(महत्वपूर्ण)
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।

जारी भएको मितिदेखि कागजातहरूको वैधता अवधि: नेपाली वडाका कागजातहरू (६ महिना), सामान्य कागजातहरू (३ महिना) र बैंक विवरणहरू (१ महिना)।

आवेदकले भिसा आवेदन फारमको पृष्ठ ५ मा राहदानी (पासपोर्ट) मा रहेको हस्ताक्षरअनुसार आफ्नो मौलिक (Original) हस्ताक्षर गर्नुपर्छ।


द्रष्टव्य (Note):

  • कृपया आफ्नो आवेदन पेश गर्नु अघि माथिको सूचीमा तोकिएको क्रममा आवश्यक कागजातहरू मिलाउनुहोस्।
  • कृपया तपाईंको श्रीमान/श्रीमतीको आधिकारिक कोरियाली अध्यागमन स्थितिमा रेकर्ड गरिएको ठ्याक्कै भिसा कोड (जस्तै: E-7-4, E-7-4R, F-2-R, वा F-2-99) निश्चित गरिदिनुहोला।
  • यदि तपाईं E-7 र F-2 भिसा धारकको आश्रित (Dependent) हुनुहुन्न भने, कृपया दूतावासको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना हेर्नुहोस् https://overseas.mofa.go.kr/np-ko/brd/m_1730/view.do?seq=1214583&page=2