योग्य आवेदक: आफन्त भेट्न, व्यापारमा लगानी गर्न, अनौपचारिक खेलकुदमा भाग लिन, कार्यक्रम वा बैठकमा सहभागी हुन, सांस्कृतिक कला प्रदर्शन गर्न, तालिम लिन, धार्मिक समारोहमा भाग लिन, शैक्षिक अनुसन्धानका लागि कागजात संकलन गर्न वा अन्य यस्तै कामका लागि छोटो समयका लागि बस्ने योजना बनाएका व्यक्ति।
- भिसा आवेदन फारम
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (३५ x ४५ मिलिमिटर)
- निमन्त्रणा पत्र
- ग्यारेन्टी पत्र फारम डाउनलोड गर्नुहोस्
- कार्यक्रमसँग सम्बन्धित पोस्टर / पाम्पलेट / तस्बिरहरू (अधिकतम ३ पृष्ठसम्म)
- आवेदकको रोजगार प्रमाणपत्र वा परिचयपत्र (यदि कार्यरत भएमा – विद्यार्थी, भिक्षु/लामा आदि सहित)
- व्यवसाय दर्ता प्रमाण पत्र (सक्कल र प्रतिलिपि) र सोको सक्कल नोटरीकृत अनुवाद (यदि व्यवसायी / स्वरोजगार भएमा)
- (PAN) दर्ता प्रमाण पत्र / करदाता दर्ता प्रमाण पत्र (सक्कल र प्रतिलिपि) र सोको सक्कल नोटरीकृत अनुवाद
- कर चुक्ता प्रमाण पत्र (पछिल्ला २ वर्ष)
- (उपलब्ध भएमा) राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS), सेयर लगत/दर्ता किताब
- भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
- यात्रा तालिकाको विस्तृत विवरण
- दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ (प्रस्थान मिति आवेदन दिएको मितिभन्दा पछि कम्तिमा १५ व्यावसायिक दिन हुनुपर्छ)
- होटल बुकिङ
- आवेदकको राहदानी (सक्कल र प्रतिलिपि)
- आमन्त्रितकर्ताको व्यवसाय दर्ता प्रमाण पत्र
- आमन्त्रितकर्ताको आवासीय परिचयपत्र (Resident Registration Card)/ परदेशी दर्ता कार्डको प्रतिलिपि (ARC) (अगाडि र पछाडिको भाग, आवेदनको मितिबाट कम्तीमा ६ महिनाको लागि वैध हुनुपर्नेछ)
- आवेदकको बैंक ब्यालेन्स सर्टिफिकेट (सक्कली)
- आवेदकको ६ महिनाको बैंक स्टेटमेन्ट (सक्कली; नेपालका क वर्गका बैंकबाट जारी गरिएको मात्र मान्य; जम्मा रकम मात्र; भिसा आवेदन दिएको मितिभन्दा १ महिनाभित्र जारी गरिएको हुनुपर्नेछ।)
- अन्य थप कागजातहरू (उपलब्ध भएमा)
(महत्वपूर्ण)
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
जारी भएको मितिदेखि कागजातहरूको वैधता अवधि: सामान्य कागजातहरू (३ महिना) र बैंक विवरणहरू (१ महिना)।
आवेदकले भिसा आवेदन फारमको पृष्ठ ५ मा राहदानी (पासपोर्ट) मा रहेको हस्ताक्षरअनुसार आफ्नो मौलिक (Original) हस्ताक्षर गर्नुपर्छ।
द्रष्टव्य (Note): कृपया आफ्नो आवेदन पेश गर्नु अघि माथिको सूचीमा तोकिएको क्रममा आवश्यक कागजातहरू मिलाउनुहोस्।