योग्य आवेदक: कोरियास्थित व्यावसायिक साझेदार (Business Partner) द्वारा निमन्त्रणा गरिएको व्यक्ति वा व्यवसाय/व्यापारको उद्देश्यले कोरिया भ्रमण गर्न लागेको व्यक्ति।
- भिसा आवेदन फारम
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (३५ x ४५ मिलिमिटर)
- निमन्त्रणा पत्र
- ग्यारेन्टी पत्र फारम डाउनलोड गर्नुहोस्
- व्यावसायिक गतिविधिसँग सम्बन्धित कागजातहरू (व्यवसायको विवरण, सम्झौता तथा समझदारी पत्रसम्बन्धी कागजातहरू आदि)
- आवेदकको रोजगार प्रमाणपत्र वा परिचयपत्र (यदि कार्यरत भएमा – विद्यार्थी, भिक्षु/लामा आदि सहित)
- व्यवसाय दर्ता प्रमाण पत्र (सक्कल र प्रतिलिपि) र सोको सक्कल नोटरीकृत अनुवाद (यदि व्यवसायी / स्वरोजगार भएमा)
- (PAN) दर्ता प्रमाण पत्र / करदाता दर्ता प्रमाण पत्र (सक्कल र प्रतिलिपि) र सोको सक्कल नोटरीकृत अनुवाद
- कर चुक्ता प्रमाण पत्र (पछिल्ला २ वर्ष)
- (उपलब्ध भएमा) राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS), सेयर लगत/दर्ता किताब
- भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
- यात्रा तालिकाको विस्तृत विवरण
- दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ (प्रस्थान मिति आवेदन दिएको मितिभन्दा पछि कम्तिमा १५ व्यावसायिक दिन हुनुपर्छ)
- होटल बुकिङ
- आवेदकको राहदानी (सक्कल र प्रतिलिपि)
- आमन्त्रितकर्ताको व्यवसाय दर्ता प्रमाण पत्र
- आमन्त्रितकर्ताको आवासीय परिचयपत्र (Resident Registration Card)/ परदेशी दर्ता कार्डको प्रतिलिपि (ARC) (अगाडि र पछाडिको भाग, आवेदनको मितिबाट कम्तीमा ६ महिनाको लागि वैध हुनुपर्नेछ)
- आवेदकको बैंक ब्यालेन्स सर्टिफिकेट (सक्कली)
- आवेदकको ६ महिनाको बैंक स्टेटमेन्ट (सक्कली; नेपालका क वर्गका बैंकबाट जारी गरिएको मात्र मान्य; जम्मा रकम मात्र; भिसा आवेदन दिएको मितिभन्दा १ महिनाभित्र जारी गरिएको हुनुपर्नेछ)
(महत्वपूर्ण)
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
जारी भएको मितिदेखि कागजातहरूको वैधता अवधि: सामान्य कागजातहरू (३ महिना) र बैंक विवरणहरू (१ महिना)।
आवेदकले भिसा आवेदन फारमको पृष्ठ ५ मा राहदानी (पासपोर्ट) मा रहेको हस्ताक्षरअनुसार आफ्नो मौलिक (Original) हस्ताक्षर गर्नुपर्छ।
द्रष्टव्य (Note): कृपया आफ्नो आवेदन पेश गर्नु अघि माथिको सूचीमा तोकिएको क्रममा आवश्यक कागजातहरू मिलाउनुहोस्।