`

सूचना

पर्यटक भिसाका लागि आवश्यक कागजातहरू (C-3-9 / ९० दिनसम्म)

  • र्ता मिति
    2026.09.16

योग्य आवेदक: यात्राको एकमात्र उद्देश्यले भ्रमण गर्ने व्यक्ति


      • भिसा आवेदन फारम
      • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (३५ x ४५ मिलिमिटर)
      • आवेदकको रोजगार प्रमाणपत्र वा परिचयपत्र (यदि कार्यरत भएमा – विद्यार्थी, भिक्षु/लामा आदि सहित) 
      • व्यवसाय दर्ता प्रमाण पत्र (सक्कल र प्रतिलिपि) र सोको सक्कल नोटरीकृत अनुवाद (यदि व्यवसायी / स्वरोजगार भएमा) 
      • (PAN) दर्ता प्रमाण पत्र / करदाता दर्ता प्रमाण पत्र (सक्कल र प्रतिलिपि) र सोको सक्कल नोटरीकृत अनुवाद
      • कर चुक्ता प्रमाण पत्र (पछिल्ला २ वर्ष)
      • (उपलब्ध भएमा) राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS), सेयर लगत/दर्ता किताब
      • पारिवारिक सम्बन्ध प्रमाणपत्र/ नाता प्रमाणित (सक्कल र प्रतिलिपि)
      • विवाह दर्ता प्रमाणपत्र (सक्कल र प्रतिलिपि)
      • पारिवारिक जग्गा लिजसम्बन्धी तथा पारिवारिक आर्थिक जमानतसम्बन्धी कागजातहरू 
      • भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
      • यात्रा तालिकाको विस्तृत विवरण
      • दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ (प्रस्थान मिति आवेदन दिएको मितिभन्दा पछि कम्तिमा १५ व्यावसायिक दिन हुनुपर्छ)
      • होटल बुकिङ 
      • आवेदकको राहदानी (सक्कल र प्रतिलिपि)
        • आवेदकको बैंक ब्यालेन्स सर्टिफिकेट (सक्कली)
        • आवेदकको ६ महिनाको बैंक स्टेटमेन्ट (सक्कली; नेपालका क वर्गका बैंकबाट जारी गरिएको मात्र मान्य; जम्मा रकम मात्र; भिसा आवेदन दिएको मितिभन्दा १ महिनाभित्र जारी गरिएको हुनुपर्नेछ।) 


(महत्वपूर्ण)
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
जारी भएको मितिदेखि कागजातहरूको वैधता अवधि: नेपाली वडाका कागजातहरू (६ महिना), सामान्य कागजातहरू (३ महिना) र बैंक विवरणहरू (१ महिना)।
आवेदकले भिसा आवेदन फारमको पृष्ठ ५ मा राहदानी (पासपोर्ट) मा रहेको हस्ताक्षरअनुसार आफ्नो मौलिक (Original) हस्ताक्षर गर्नुपर्छ।


द्रष्टव्य (Note): कृपया आफ्नो आवेदन पेश गर्नु अघि माथिको सूचीमा तोकिएको क्रममा आवश्यक कागजातहरू मिलाउनुहोस्।