`

सूचना

कलाकार/मनोरञ्जन भिसा का लागि आवश्यक कागजातहरू (C-4-5/९० दिनसम्म)

  • र्ता मिति
    2026.09.16

योग्य आवेदक: कलाकार वा प्रदर्शनकर्ताहरू, जो छोटो अवधिका लागि सांस्कृतिक कला कार्यक्रम प्रदर्शन गर्न वा सो सरहका अन्य क्रियाकलापहरूमा संलग्न हुने योजनामा छन्। 


      • भिसा आवेदन फारम
      • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (३५ x ४५ मिलिमिटर)
      • निमन्त्रणा पत्र 
      • ग्यारेन्टी पत्र
      • व्यवसाय दर्ता प्रमाण पत्र
      • कार्यक्रमसम्बन्धी योजना/कार्यक्रमसम्बन्धी सम्झौता
      • कार्यक्रम स्थल भाडा सम्झौता
      • कोरिया मिडिया रेटिङ बोर्डबाट कार्यसम्पादनसम्बन्धी सिफारिस पत्र
      • कार्यक्रमसम्बन्धी पोस्टर/पम्प्लेट/तस्बिरहरू
      • आवेदकको रोजगारी प्रमाणपत्र वा रोजगारी/व्यवसायसम्बन्धी कागजातहरू
      • आवेदकको पोर्टफोलियो (गायक वा ब्यान्डका रूपमा गरेका गतिविधिहरूका तस्बिर, YouTube स्क्रिनसट आदि
      • भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
      • यात्रा तालिकाको विस्तृत विवरण
      • दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ (प्रस्थान मिति आवेदन दिएको मितिभन्दा पछि कम्तिमा १५ व्यावसायिक दिन हुनुपर्छ)
      • होटल बुकिङ 
      • आवेदकको राहदानी (सक्कल र प्रतिलिपि)
      • आवेदकको बैंक ब्यालेन्स सर्टिफिकेट (सक्कली)
      • आवेदकको ६ महिनाको बैंक स्टेटमेन्ट (सक्कली; नेपालका क वर्गका बैंकबाट जारी गरिएको मात्र मान्य; जम्मा रकम मात्र; भिसा आवेदन दिएको मितिभन्दा १ महिनाभित्र जारी गरिएको हुनुपर्नेछ।)


(महत्वपूर्ण)
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
जारी भएको मितिदेखि कागजातहरूको वैधता अवधि: नेपाली वडाका कागजातहरू (६ महिना), सामान्य कागजातहरू (३ महिना) र बैंक विवरणहरू (१ महिना)।
आवेदकले भिसा आवेदन फारमको पृष्ठ ५ मा राहदानी (पासपोर्ट) मा रहेको हस्ताक्षरअनुसार आफ्नो मौलिक (Original) हस्ताक्षर गर्नुपर्छ।


द्रष्टव्य (Note): कृपया आफ्नो आवेदन पेश गर्नु अघि माथिको सूचीमा तोकिएको क्रममा आवश्यक कागजातहरू मिलाउनुहोस्।