योग्य आवेदक: कोरियामा हाल बसोबास गरिरहेका आफन्तले निमन्त्रणा गरेको व्यक्ति
- आवेदकको हालैको राहदानी-आकारको फोटो (३५ x ४५ मिलिमिटर)
- विदेशी बासिन्दा दर्ता प्रमाणपत्र
- परदेशी दर्ता कार्डको फोटोकपी (ARC) (अगाडि र पछाडिको भाग) (आवेदनको मितिबाट कम्तीमा ६ महिनाको लागि वैध हुनुपर्नेछ)
- पारिवारिक सम्बन्ध प्रमाणपत्र/ नाता प्रमाणित (सक्कल र प्रतिलिपि)
- विवाह दर्ता प्रमाणपत्र (सक्कल र प्रतिलिपि)
- रोजगार प्रमाणपत्र / रोजगार सम्झौता पत्र
- सस्थानको पुष्ट्याइँ/प्रमाण वा भाडा सम्झौता
- आम्दानीको प्रमाणपत्र (पछिल्ला २ वर्ष)
- भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
- दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ; जसको प्रस्थान मिति भिसा आवेदन दिएको मितिबाट कम्तीमा १५ कार्यदिन पछिको हुनुपर्छ
- आवेदकको रोजगार प्रमाणपत्र
- आवेदकको बैंक ब्यालेन्स सर्टिफिकेट/ ६ महिनाको बैंक स्टेटमेन्ट
- आमन्त्रणकर्ताको राहदानीको फोटोकपी
- आवेदकको राहदानी (सक्कल र प्रतिलिपि)
- कोरियाको बैंक ब्यालेन्स सर्टिफिकेट
- कोरियाको पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट (जम्मा भएको विवरण मात्र देखिने गरी कागजात जारी गरी पेस गर्नुहोस्)
(महत्वपूर्ण)
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
जारी भएको मितिदेखि कागजातहरूको वैधता अवधि: नेपाली वडाका कागजातहरू (६ महिना), सामान्य कागजातहरू (३ महिना) र बैंक विवरणहरू (१ महिना)।
आवेदकले भिसा आवेदन फारमको पृष्ठ ५ मा राहदानी (पासपोर्ट) मा रहेको हस्ताक्षरअनुसार आफ्नो मौलिक (Original) हस्ताक्षर गर्नुपर्छ।
द्रष्टव्य (Note): कृपया आफ्नो आवेदन पेश गर्नु अघि माथिको सूचीमा तोकिएको क्रममा आवश्यक कागजातहरू मिलाउनुहोस्।