योग्य आवेदक: आफन्त भेट्न, व्यापारमा लगानी गर्न, अनौपचारिक खेलकुदमा भाग लिन, कार्यक्रम वा बैठकमा सहभागी हुन, सांस्कृतिक कला प्रदर्शन गर्न, तालिम लिन, धार्मिक समारोहमा भाग लिन, शैक्षिक अनुसन्धानका लागि कागजात संकलन गर्न वा अन्य यस्तै कामका लागि छोटो समयका लागि बस्ने योजना बनाएका व्यक्ति।
कोरियामा रहेका निमन्त्रणाकर्ताबाट आवश्यक कागजातहरू:
- सक्कली निमन्त्रणा पत्र (दर्ता गरिएको कम्पनीको छाप वा नोटरीकृत हुनुपर्नेछ)
- सक्कली ग्यारेन्टी पत्र (दर्ता गरिएको आधिकारिक छाप वा नोटरीकृत हुनुपर्नेछ) फारम डाउनलोड गर्नुहोस्
- आमन्त्रितकर्ताको परदेशी दर्ता कार्डको प्रतिलिपि (ARC): (अगाडि र पछाडिको भाग, आवेदनको मितिबाट कम्तीमा ६ महिनाको लागि वैध हुनुपर्नेछ)
- व्यापार दर्ता प्रमाणपत्र (प्रतिलिपि)
- मन्दिर दर्ता प्रमाणपत्र (प्रतिलिपि) (यदि निमन्त्रणकर्ता मन्दिर हो भने)
- प्रवेशको उद्देश्य देखाउने कागजात
आवेदकले पेश गर्नुपर्ने कागजातहरू:
- भिसा आवेदन फारम
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (पछिल्लो ६ महिनाभित्रको)
- पासपोर्टको सक्कल र त्यसको प्रतिलिपि
- भिसा कभर लेटर (आवेदकले आफ्नो भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका, र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
- दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ(प्रस्थान मिति आवेदन दिएको मितिभन्दा कम्तीमा २१ दिन वा सोभन्दा बढीको हुनुपर्छ)
- होटल बुकिङको भौचर
- नेपाली व्यापारिक संस्थाबाट जारी गरिएको जागिरको प्रमाणपत्र, जसमा कम्पनीमा आवेदकको पद उल्लेख गरिएको होस् (सक्कल र प्रतिलिपि)
- व्यापार दर्ता (प्रतिलिपि) र त्येसको सक्कली नोटरीकृत अनुवाद
- स्थायी लेखा नम्बर (PAN) दर्ता (प्रतिलिपि) र त्येसको सक्कली नोटरीकृत अनुवाद
- बैंक ब्यालेन्स सर्टिफिकेट (Balance Certificate)
- पछिल्लो छ महिनाको व्यक्तिगत बैंक स्टेटमेन्ट (सक्कली)
- पछिल्लो छ महिनाको कम्पनीको बैंक स्टेटमेन्ट (सक्कली)
(महत्वपूर्ण)
कोरियाबाट आएका सबै कागजातहरू सक्कली हुनुपर्छ।
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
कागजातहरू जारी भएको मितिबाट तीन महिनाको लागि मात्र मान्य हुन्छन्।