`

सूचना

E-7 भिसा धारकको आश्रित भिसा (F-3-17 & F-3-74) का लागि आवश्यक कागजातहरू

  • र्ता मिति
    2025.12.31

योग्य आवेदक: E-7 भिसा धारकले आमन्त्रित गरेको र आश्रित भिसाका लागि आवेदन दिने व्यक्ति


कोरियामा रहेका आमन्त्रणकर्ता (Inviter) बाट आवश्यक कागजातहरू


  • सक्कली निमन्त्रणा पत्र (दर्ता गरिएको आधिकारिक छाप वा नोटरीकृत हुनुपर्नेछ)
  • सक्कली ग्यारेन्टी पत्र (दर्ता गरिएको आधिकारिक छाप वा नोटरीकृत हुनुपर्नेछ) फारम डाउनलोड गर्नुहोस्
  • परदेशी दर्ता कार्डको प्रतिलिपि (ARC) (अगाडि र पछाडिको भाग, आवेदनको मितिबाट कम्तीमा ६ महिनाको लागि वैध हुनुपर्नेछ)
  • आमन्त्रणकर्ताको राहदानीको फोटोकपी 
  • छाप/हस्ताक्षर प्रमाणपत्र (सक्कली) 
  • बैंक ब्यालेन्स सर्टिफिकेट (सक्कली) 
  • बैंक स्टेटमेन्ट (पछिल्लो ६ महिनाको) (सक्कली) 
  • सक्कली वासस्थानको पुष्ट्याइँ/प्रमाण वा भाडा सम्झौताको प्रतिलिपि
  • रोजगार प्रमाणपत्र (सक्कली) 
  • व्यवसाय दर्ता प्रमाणपत्र (प्रतिलिपि)
  • बाँकी अन्य आवश्यक कागजातहरू 


आवेदक (Applicant) ले उपलब्ध गराउनु पर्ने कागजातहरू


  • भिसा आवेदन फारम 
  • आवेदकको हालसालै खिचिएको राहदानी आकारको फोटो 
  • राहदानी (सक्कली र प्रतिलिपि)
  • भिसा कभर लेटर (आवेदकले आफ्नो भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका, र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
  • क्षयरोग (Tuberculosis) को स्वास्थ्य परीक्षण रिपोर्ट (दूतावासले तोकेका चार अस्पतालहरू मध्ये एकबाट प्राप्त गरेको)
  • एकतर्फी हवाई टिकट बुकिङ ; जसको प्रस्थान मिति आवेदन दिएको मितिभन्दा कम्तीमा २१ दिन पछिको हुनुपर्नेछ।
  • पारिवारिक सम्बन्ध प्रमाणपत्र/ नाता प्रमाणित (प्रतिलिपि)
  • विवाह दर्ता प्रमाणपत्र (प्रतिलिपि)
  • जन्म दर्ता प्रमाणपत्र (लागू भएमा)


(महत्वपूर्ण)
कोरियाबाट आएका सबै कागजातहरू सक्कली हुनुपर्छ।
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
कागजातहरू जारी भएको मितिबाट तीन महिनाको लागि मात्र मान्य हुन्छन्।


द्रष्टव्य (Note): कृपया तपाईंको श्रीमान/श्रीमतीको आधिकारिक कोरियाली अध्यागमन स्थितिमा रेकर्ड गरिएको ठ्याक्कै भिसा कोड (जस्तै: E-7-4, E-7-4R, F-2-R, वा F-2-99) निश्चित गरिदिनुहोला।