नेपालस्थित गणतन्त्र कोरियाको राजदूतावासले विभिन्न भिसा श्रेणीहरूको (Categories) प्रक्रियामा लाग्ने प्रक्रिया अवधि ( प्रोसेसिङ समय) अद्यावधिक गरेको जानकारी गराउन चाहन्छौं।
कृपया आफ्नो आवेदन योजना बनाउँदा तलका विवरणहरूलाई ध्यान दिनुहोला।
१. निम्न लिखित भिसा प्रकारहरूको प्रक्रियाका लागि अब ८ कार्यदिन लाग्नेछ:
भिसा जारी भएको पुष्टीकरण प्रमाणपत्र (CCVI)
E-7 आश्रित भिसा (F-3-17)
E-7-4 आश्रित भिसा (F-3-74)
E-7-4R र F-2-R (पहिले C-3-1 भिसा जारी हुने, त्यसपछि कोरियामा F-3-3R र F-3-1R मा स्थिति परिवर्तन हुने)
अध्ययन भिसा (D-2-1, D-2-2, D-2-3, D-2-4)
२. माथि उल्लेख नगरिएका अन्य सबै भिसा श्रेणीहरूको प्रक्रियाका लागि १५ कार्यदिन लाग्नेछ।
३. यी परिवर्तनहरू फेब्रुअरी २, २०२६ देखि दर्ता हुने सबै आवेदनहरूमा लागू हुनेछन्।
द्रष्टव्य: यी परिवर्तनहरू इपिएस (EPS - Employment Permit System) कामदारहरूको भिसामा लागू हुने छैनन्।
आवेदकहरूको समझदारी र सहयोगका लागि हामी धन्यवाद व्यक्त गर्दछौं।