योग्य आवेदक: कलाकार वा प्रदर्शनकर्ताहरू, जो छोटो अवधिका लागि सांस्कृतिक कला कार्यक्रम प्रदर्शन गर्न वा सो सरहका अन्य क्रियाकलापहरूमा संलग्न हुने योजनामा छन्।
कोरियामा रहेका निमन्त्रणाकर्ताबाट आवश्यक कागजातहरू:
- सक्कली निमन्त्रणा पत्र (दर्ता गरिएको कम्पनीको छाप वा नोटरीकृत हुनुपर्नेछ)
- सक्कली ग्यारेन्टी पत्र (दर्ता गरिएको आधिकारिक छाप वा नोटरीकृत हुनुपर्नेछ) फारम डाउनलोड गर्नुहोस्
- सक्कली संस्थागत छाप दर्ता प्रमाणपत्र
- व्यापार दर्ता प्रमाणपत्र (प्रतिलिपि)
- सक्कली कर भुक्तानी प्रमाणपत्र (Tax Payment Certificate)
- प्रदर्शन योजना र प्रदर्शन सम्झौता: (यदि प्रदर्शन योजनामा विस्तृत विवरण समावेश छ भने सम्झौता आवश्यक पर्दैन)
- कोरिया फिल्म रेटिङ बोर्डबाट प्रदर्शन सिफारिस पत्र: (जेजु टापुको हकमा जेजु विशेष स्वशासित प्रान्तका गभर्नरको सिफारिस पत्र)
- पारिश्रमिक वा भत्ता खुल्ने सम्झौता पत्र: (यदि निमन्त्रणा पत्रमा यी विवरणहरू उल्लेख छन् भने छुट्टै सम्झौता पत्र आवश्यक पर्दैन)
- (सबै कागजातहरू सक्कली हुनुपर्दछ र प्रदर्शन योजना कोरियाको आन्तरिक प्रदर्शन कानुन बमोजिम हुनुपर्दछ।)
आवेदकले पेश गर्नुपर्ने कागजातहरू:
- भिसा आवेदन फारम
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (3.5x4.5cm, पछिल्लो ६ महिनाभित्रको)
- राहदानी (सक्कली र प्रतिलिपि)
- भिसा कभर लेटर (आवेदकले भ्रमणको उद्देश्य, अस्थायी यात्रा तालिका र भ्रमण अवधिमा खर्च कसले बेहोर्नेछ भन्ने विवरण उल्लेख गर्नुपर्छ)
- दुईतर्फी (Round-trip) हवाई टिकट बुकिङ (प्रस्थान मिति आवेदन दिएको मितिभन्दा कम्तीमा २१ दिन वा सोभन्दा बढीको हुनुपर्छ)
- होटल बुकिङको भौचर
- पेशासँग सम्बन्धित कागजातहरू - कार्यरत रहेको प्रमाणपत्र, फर्म दर्ता प्रमाणपत्र, र बायोडाटा (सक्कल र प्रतिलिपि)
- बैंक ब्यालेन्स सर्टिफिकेट (सक्कली)
- व्यक्तिगत बैंक स्टेटमेन्ट (पछिल्लो ६ महिनाको) (सक्कली)
- कानुनी अभिभावकको मन्जुरीनामा (यदि आवेदक नाबालिग भएमा)
(महत्वपूर्ण)
कोरियाबाट आएका सबै कागजातहरू सक्कली हुनुपर्छ।
सबै नेपाली भाषामा भएको कागजातहरू अंग्रेजीमा अनुवाद गरिनुपर्छ र अधिकृत नोटरी पब्लिकहरूद्वारा नोटरीकृत गरिनुपर्छ।
कागजातहरू जारी भएको मितिबाट तीन महिनाको लागि मात्र मान्य हुन्छन्।